पानी जहाज हाजीपुरबाट देवघाटसम्म ल्याउने सरकारको तयारी

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले एक हजार टनसम्मको पानी जहाज हाजीपुरबाट गण्डक ब्यारेज नारायणी नदी हुँदै देवघाटसम्म ल्याउनसके नेपाललाई ठूलो आर्थिक लाभ हुने बताएका छन् ।
आइतवारको राष्ट्रिय सभाको बैठक पानी जहाज सञ्चलन तथा व्यवस्थापन विधेयक, २०८१ बारे छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।
उनले कोलकताबाट एक हजार टनसम्मको पानी जहाज हाजीपुरबाट गण्डक ब्यारेज नारायणी नदी हुँदै देवघाटसम्म पु¥याउन प्राविधिकको रुपमा सम्भाव्य देखिएको बताए ।
उनले गर्नसके नेपाललाई ठूलो आर्थिक लाभ हुने र जल यातायातको क्षेत्रमा एउटा कोशेढुंगा सावित हुने दाबी गरे । उनले सोही प्रकृतिका पानी जहाजहरु कोशी र कर्णालीबाट समेत नेपाल भित्र्याउन सक्ने बताए ।
यस सम्बन्धी नेपाल-भारतबीच सहमति समेत भएको बताए । नेपाल भित्र पनि आन्तरिक जलमार्गहरुमा पानी जहाज चलाउन सम्भाव्य नदीहरु रहेको बताए ।
उनले भने,‘कोलकताबाट एक हजार टनसम्मको पानी जहाज हाजीपुरबाट गण्डक ब्यारेज नारायणी नदी हुँदै देवघाटसम्म पुर्याउन प्राविधिकको रुपमा सम्भाव्य देखिन्छ । सो गर्नसके नेपाललाई ठूलो आर्थिक लाभ हुने र जल यातायातको क्षेत्रमा एउटा कोशेढुंगा सावित हुनेछ । यही प्रकृतिका पानी जहाजहरु कोशी र कर्णालीबाट समेत नेपाल भित्र्याउन सक्ने देखिन्छ । यस सम्बन्धी नेपाल-भारतबीच सहमति समेत भएको छ । यसैगरी नेपाल भित्र पनि आन्तरिक जलमार्गहरुमा पानी जहाज चलाउन सम्भाव्य नदीहरु रहेका छन् । एक अनुमानअनुसार नेपालमा ६ सयदेखि ८ सय किलोमिटरसम्म जलमार्ग बिस्तार गरी पानी जहाज सञ्चालन गरी यात्रु र माल सामान ओसारपसार गर्न सकिन्छ, उदाहरणको रुपमा कोशी, चतरादेखि भोजपुरको गोप्चेसम्म स्थलमार्गमा जाँदा घण्टौँ लाग्नेमा जलमार्गमा जम्मा १५ देखि २० मिनेटसम्म पुगिन्छ । जुन अहिले पनि सञ्चालन भइरहेको छ ।’
आइतबार बसेको राष्ट्रिय सभाको बैठकमा पानी जहाज सञ्चलन तथा व्यवस्थापन विधेयक, २०८१ सम्बन्धी छलफल सुरु भएको हो ।








