बेइमान र ठगहरूको बिगबिगी भएको समाजमा इमानदार हुन सकिन्न : बाबुराम भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले राजनीति समाजका समस्या समाधान गर्ने साधन भएको बताएका छन् ।

पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले याँ युगको नयाँ वैकल्पिक राजनीतिको निम्ति वैकल्पिक राजनीतिक शक्तिहरुको बीचमा नै विमर्श हुनुपर्ने बताए ।

उनले बेइमान र ठगहरुको बिगबिगी भएको समाजमा सोझो इमान्दार र सरल ढंगले अघि बढ्न नसक्ने अवस्था रहेको बताए । उनले राजनीति भनेको ठिक र बेठिकको बीचको निरन्तर द्वन्द्व भएको पनि बताए । आफूहरुले गर्ने राजनीति रुपान्तरणकारी राजनीति भएको बताए ।

अध्यक्ष भट्टराईले भने,‘अब यो नयाँ युगको नयाँ वैकल्पिक राजनीतिको निम्ति वैकल्पिक राजनीतिक शक्तिहरुको बीचमा नै विमर्श हुनुपर्छ । त्यसको निम्ति एउटा दिशाबोध हुनुपर्छ । कसरी जाने भन्ने । किनभने राजनीति भन्नेबित्तिकै समाजका समस्या समाधान गर्ने साधन हो । बेइमान र ठगहरुको बिगबिगी भएको समाजमा सोझो इमान्दार र सरल ढंगले जान्छु भन्ने सोच्नुभयो भने तपाईंलाई निराश बनाइहाल्छन् । चार पटिबाट घेरेर बनाउँछन् । राजनीति भनेको ठिक र बेठिकको बीचको निरन्तर द्वन्द्व हो । एउटा सत्तामुखी राजनीति, ढाँट, छल, तिक्डम, जालझेल, गरेर जसरी हुन्छ, चुनाव जित्ने, सत्तामा जाने, राज्यको दोहन गर्ने भन्ने छ । त्यो पुरानो राजनीति हो । हामीले भनेको रुपान्तरणकारी राजनीति हो । जसले समाजमा खुशी र समृद्ध बनाउँदै जाने हो । नयाँ युगको नयाँ कार्यभार वैकल्पिक राजनीतिको औचित्य र आधार हुनेछ ।’

अध्यक्ष भट्टराईले वैकल्पिक राजनीति भनेको रुपान्तरणकारी राजनीति भएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 14 =