मुकुल ढकालको व्यङ्ग्य– जो ठूलो स्वरले गाली गर्छ, त्यही सही !

२०८१ माघ २७ गते

काठमाडौं । डा.मुकुल ढकालले समाजमा अराजकता फैलाउने काम भएको बताएका छन् ।
उनले जो ठूलो स्वरले गाली गर्छ, त्यही सही भन्ने मान्यता स्थापित हुन थालेको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले कारण खोज्ने, सत्य जान्ने, सहिष्णु बन्ने यी सबै पुराना कुरा रहेको बताए ।
उनले स्वतन्त्रताको नाममा भीडको शक्ति देखिएको बताए ।
डा.ढकालको स्ट्याटस जस्ताको तस्तै
सभ्य संवादको झन्झट किन चाहियो? जे मन लाग्छ, त्यही बोल्न पाइने समाज बनाऊँ! विचार र तर्कको ठाउँ किन राख्ने? अपशब्द र गालीगलौज नै असली अभिव्यक्ति स्वतन्त्रता हो! कसैको सम्मान गर्ने झन्झटै हटाऊँ, सिधै मुख चलाऊँ! कारण खोज्ने, सत्य जान्ने, सहिष्णु बन्ने – यी सबै पुराना कुरा! नयाँ समाजको नयाँ नियम – जो ठूलो स्वरले गाली गर्छ, त्यही सही!
सभ्यताले रोक्न खोज्दै छ? छाडा बोल, ट्रेन्डिङ्ग बन!

२०८१ माघ २७ गते
प्रतिक्रिया
सम्बन्धित