माइतीघरमा मोटरसाइकलसँग ठोक्कियो रक्षामन्त्रीको गाडी, सिंहदरबारमा छलफल

काठमाडौं । रक्षामन्त्री मानवीर राई चढेको गाडीले माइतीघरमा एउटा मोटरसाइकललाई ठक्कर दिएको छ ।

माइतीघरमा रोकिएको पल्सर मोटरसाइकललाई रक्षामन्त्री राई चढेको गाडीले ठक्कर दिएको हो ।

प्रत्यक्षदर्शीका अनुसार रक्षामन्त्रीको गाडीले मोटरसाइकललाई ठक्कर दिएर हुइँकिएको थियो ।

उपत्यका ट्राफिक प्रहरी कार्यालय अनुसार मन्त्रीको गाडीले एउटा मोटरसाइकललाई सामान्य ठक्कर दिएको थियो । मोटरसाइकल लुकिङ् ग्लास फुटेको छ भने चालकलाई कुनै चोटपटक लागेको छैन ।

घटनाबारे अहिले सिंहदरबारमा छलफल भइरहेको छ । मोटरसाइकल चालकसहित गाडी त्यहीँ पुर्‍याइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =