सार्वभौम सत्ता संसदमा नभई जनतामा निहित छ : सुरेन्द्रप्रसाद पाण्डे

सार्वभौम सत्ता संसदमा नभई जनतामा निहित छः उपाध्यक्ष पाण्डे

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्रप्रसाद पाण्डेले सार्वभौम सत्ता संसदमा नभई जनतामा निहित रहेको बताएका छन् ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले जनतामा रहेको सार्वभौम सत्ता चुनावबाट डेलिगेट गरिएको बताए । जनतामा रहेको शक्तिलाई अर्को चुनावमा डेलिगेट गर्दा कोही पनि ठूलो छु भनेर घमण्ड नहुने बताए ।

सामाजिक सञ्जाल सम्बन्धी विधेयकमा पनि आफ्ना अधिकार प्रयोग गर्दा अरूका अधिकार पनि मास्न हुँदैन भन्नेकुरा ध्यान दिनुपर्ने बताए ।

उनले भने ‘सार्वभौम सत्ता संसदमा होइन । जनतामा रहेको सार्वभौम सत्ता चुनावबाट डेलिगेट गरेको हो । त्यो पावर जनतामा भएकै कारणले अर्को पटकको चुनावमा अर्कोलाई पावर डेलिगेट गर्ने हो भने हिजोका सांसदले मसँग पावर छ भन्न पायो र ? त्यसैले सार्वभौम सत्ता संसदमा होइन की जनतामा छ । जनताले पाँच वर्षको लागि डेलिगेट गर्दाखेरिमा पाँच वर्ष त्यो संसदले कानुन बनाउँछ । अर्को चोटि अर्कै संसदको सदस्य भएर आउँछ, त्यसले कानुन बनाउँछ ।’

संविधानले तोकेको सीमाभित्र बसेर आफ्ना कुरा भन्न र गर्न पाइने बताए । उनले संविधानअनुसार कुनैपनि राजनीतिक दलहरूले राजा ल्याउन चाहे संविधानअनुसारका मागहरू पूरा गरेर ल्याउनसक्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 6 =