खानेपानी मन्त्रालयमा लागेको आगो नियन्त्रणमा

२०८१ माघ २६ गते

काठमाडौं । देशको प्रमुख प्रशासनिक क्षेत्र सिंहदरवारस्थित खानेपानी मन्त्रालयमा भएको आगलागी नियन्त्रणमा आएको छ । मन्त्रालयको दोस्रो तल्लामा शनिबार बिहान करिब ९ बजे भएको आगलागी नियन्त्रणमा आएको हो ।
आगलागी कसरी भयो भन्ने थाहा हुन नसके पनि नेपाल प्रहरीले आगो नियन्त्रण गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले जानकारी दिए । उनकाअनुसार विद्युत् सर्ट भई आगो लागेको हुन सक्ने आशंका छ ।
आगलागीबाट सामान्यबाहेका ठूलो क्षति नभएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

२०८१ माघ २६ गते
प्रतिक्रिया
सम्बन्धित