प्रधानमन्त्री ओली विरुद्धको आरोप पुष्टि गर्न प्रचण्डलाई अर्थमन्त्रीको चुनौति

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अघिल्लो सरकारले ल्याएको बजेटको प्रिन्सिपलमाथि नै उभिएर निर्माण नभएको बजेट कार्यान्वयन गर्नुपरेको बताएका छन् ।

बिहीवार संसद बजेटको अर्धवार्षिक समीक्षा प्रश्तुत गर्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । उनले अघिल्लो सरकारले ल्याएको बजेट एक प्रकारको मुलुकका लागि बोझ रहेको भन्दै बजेटको आलोचना गरे ।

उनले सदनले परिस्थितिसम्मत ढंगले पास गरेकाले वर्तमान सरकारले सहानुभुति राखेर पुरक बजेट नल्याई कार्यान्वयन गर्दा पनि आलोचना भोग्नुपरेको गुनासो गरे ।

उनले यो बजेट ठिक ढंगले निर्माण नभएको र ठिक ढंगले कार्यान्वयन हुन सक्दैन भन्ने सच्चाइलाई देशवासीका सामुन्ने राखेर पूरक बजेटको बाटोमा हिँड्नसक्ने अवस्था भएपनि त्यही बजेटलाई कार्यान्वयन गरेको बताउनु भयो । उहाँले बजेट कार्यान्वयनका क्रममा रहेका विसंगति र अन्तरविरोध कानूनसम्मत ढंगले अर्धवार्षिक समीक्षाबाट सच्याउने गरी अगाडि बढेको दाबी गरे ।

उनले स्रोत व्यवस्थापन र कार्यान्वयन सुनिश्चिततासहितको संगालो बजेट भएको उल्लेख गरे । अर्थमन्त्री पौडेलले बजेट ल्याउने क्रममा बिना योजना र तयारी ११ हजार योजना थपेको पनि आरोप लगाउनु भयो। उहाँले बजेटमा ७५ हजार रुपैयाँ राखेर योजना समावेश गरेर आयोजना ठेक्का नलागेको आरोप लगाउनु जायज नभएको बताए ।

पूर्वअर्थमन्त्रीले ल्याएको ७५ हजारको बजेट हुँदा प्रदेश र स्थानीयले कत्रो ? बजेट ल्याउने भन्दै प्रश्न गर्नुभयो । अघिल्लो सरकारले भुक्तानी दायित्वलाई समेत बजेटमा समावेश नगरेर अण्डरेड गरेर बजेट राखिएको बताए । उनले ११ हजार योजना सांसदहरुको सिफारिमा आएका नभई गैरजिम्मेवारीपूर्ण ढंगले अर्थमन्त्रीले ल्याएको बताए ।

त्यस्तै अर्थमन्त्री पौडेलले धितोपत्र बोर्डको अध्यक्षको नियुक्ति प्रक्रिया किन शुरु गरेको र किन रोकेको भन्ने प्रश्नको जवाफ पूर्वअर्थमन्त्री र प्रधानमन्त्रीले दिनुपर्ने बताए ।

उनले वर्तमान सरकारले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र पूर्वअर्थमन्त्री वर्षमान पुनले अगाडि बढाएको प्रक्रिया पूरा गरेको दाबी गरे । उनले अदालतले नरोक्न आदेश गरेपछि वर्तमान सरकार प्रक्रिया अगाडि बढाएर पूरा गरेको उल्लेख गरे ।

उनले विगतमा कसको स्वार्थको लागि प्रक्रिया अगाडि बढेको र बिचमा किन रोकेको भन्ने प्रश्नको जवाफ प्रचण्डले दिनुपर्ने बताए । उनले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स वितरणको लागि पनि आवदेन माग गरेर छनोट समेत गर्ने अनि के आवश्यकताले रोकेको भन्दै प्रश्न गरे । उनले वर्तमान सरकार धितोपत्र बोर्डमा कानूनसम्मत रुपमा काम गर्ने प्रतिवद्धता जनाए ।

उनले विगतको सरकारले थालनी गरेको प्रक्रियालाई अगाडि बढाएको बताए । उनले प्रतिपक्ष दलका नेता र पूर्वअर्थमन्त्रीले धितोपत्र बोर्ड र नयाँ स्टक एक्सचेन्जको लाइसेन्सको विषयमा छरिएका भ्रम मात्रै भएको उल्लेख गरे ।

अर्थमन्त्री पौडेलले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीविरुद्धको आरोप पुष्टि गर्न चुनौति दिए । उनले दाहालले हचुवाका भरमा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि आरोप लगाएको जिकिर गर्दै उनले आरोप पुष्टि गर्न नसके जनतासामु माफी माग्नुपर्ने बताए ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध लक्षित गरेर अनुचित आरोप लगाएको बताए । उनले अहिलेको सरकारलाई दाहालले विचौलिया, माफिया भनेको भन्दै संसदमा बोल्दा भ्रम छर्ने ढंगले नभइ तथ्यमा आधारित रहेर बोल्न पनि आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 13 =