सहकारी ठगी प्रकरण

रवि लामिछानेको कसुरमा संलग्नता नरहेको अहिले नै भन्न सकिएन : अदालत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई धरौटी रिहा गर्न जिल्ला अदालत चितवनले आदेश दिएको छ ।

बिहीबार न्यायाशीध दयाराम ढकालको इजलासले लामिछानेलाई ५४ लाख धरौटीमा रिहा गर्न आदेश दिएको अदालतका सुचना अधिकारी अमृत विश्वकर्माले मकालुखबरलाई बताए ।

लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिँदै अदालतले लामिछाने अहिले नै कसुरमा संलग्नता नरहेको भन्न सकिने अवस्था नरहेको बताएको छ ।

‘प्रतिवादी रवि लामिछानेको दाबीको कसुरमा संलग्नता नरहेको भनी अहिले नै भन्न सकिने अवस्थाको विद्यमानता नरहेकोले पछि मुद्दामा थप प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी तत्काल निज प्रतिवादी रवि लामिछानेबाट मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ बमोजिम रु. ५४,००,००० (चौवन्न लाख रुपैयाँ) धरौटी वा जमानत वा बैंक जमानत लिनु ।’

चितवनको साहारा चितवन सहकारी ठगी प्रकरणमा मुछिएपछि लामिछाने जिल्ला अदालत चितवनमा उपस्थित भएका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *