प्रचण्डले एक दलीय व्यवस्थाको लागि युद्ध लडेका हुन् : सांसद महत

काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. प्रकाशशरण महतले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफू भन्दा बाहिर प्रधानमन्त्रीको पद नजाने भ्रम पाल्दा काँग्रेस र एमाले मिल्नुपरेको बताएका छन् ।

बिहीवारको प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै उनले काँग्रेस र एमाले कुनैसँग पनि सहकार्य गर्दा आफू नै प्रधानमन्त्री भइने मानसिकतामा अध्यक्ष दाहाल रहेको बताएका हुन् ।

त्यसलाई अहिले चिरिएको बताए । उनले त्यो परिस्थिति समाप्त भएपछिको अवस्थाबाट अभिप्रेरित भएर दाहालले आफ्ना भनाइ राखेको बताए ।

उनले अध्यक्ष दाहालले मन्त्रीपरिषद्बाटै पारित भएको कार्यविधि लत्याएर तीन करोड भन्दा तल कुनैपनि संघीय आयोजना नराख्ने मन्त्रीपरिषद्को निर्णय उल्ट्याएको बताए ।

उनले वर्तमान सरकारले सोही बजेटमाथि काम गरेर अघि बढ्नुपर्ने अवस्था भएकाले आर्थिक अवस्था दुरुस्त गर्न समस्या आइरहेको बताए ।

उनले राजनैतिक परिवर्तनको सम्पूर्ण श्रेय अध्यक्ष दाहालले लिएको र अध्यक्ष दाहालले एक दलीय व्यवस्था चाहेको बताए । एक दलीय व्यवस्था स्थापित गर्ने मनशायले अध्यक्ष दाहालले युद्ध लडेको बताए ।

उनले भने– ‘प्रधानमन्त्री पदमा उहाँ लगातार नेपाली काँग्रेससँग सहकार्य गरे पनि एमालेसँग सहकार्य गरेपनि प्रधानमन्त्री पद प्रचण्डजीकै हुन्छ । प्रचण्डजी भन्दा बाहिर जाँदैन, भन्ने जुन मानसिकतामा उहाँ हुनुहुन्थ्यो । त्यो परिस्थिति समाप्त भएको हुनाले उहाँका धेरै अभिव्यक्तिहरु त्यसबाट अभिप्रेरित भएर आएको मैले महशुस गरेँ । जुन बेलामा उहाँले नेपाली काँग्रेससँगको गठबन्धन छोड्नुभयो, त्यस बेलामा आर्थिक स्थिति मैले भनेको जस्तो भएन अर्थमन्त्रीले सहयोग गरेन भन्नेजस्तो अभिव्यक्ति दिनुभयो । तर आज उहाँले त्यसबेलामा एक एक गरेर धेरै आर्थिक उपलब्धि भएका थिए, त्यो मैले नै गरेको थिएँ भनेर दोहो¥याउनु भयो । आर्थिक मन्दीको अवस्था थियो, देश आर्थिक संकटको अवस्थामा थियो, त्यस अवस्थाबाट आर्थिक रुपमा अघि बढाउने सशक्त कोशिस गरेका थियौँ । त्यसमा हामीले महत्वपूर्ण भुमिका निर्वाह गरेका थियौँ ।’

सांसद महतले बहुदलीय प्रतिष्पर्धात्मक व्यवस्थामा आएको कुरा नभुल्न आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *