रवि लामिछानेको मुद्धामा थुनछेक आदेश लेखिँदै

काठमार्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध अदालतमा दायर मुद्धामा आज(बिहीबार) थुनछेक आदेश आउँदैछ ।

थनछेक बहस सकिएपछि अहिले चितवनको साहारा चितवन सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेको मुद्धामा थुनछेक आदेश लेखिँदैछ ।

चितवन जिल्ला अदालतका सुचना अधिकारी अमृत विश्वकर्माका अनुसार अहिले आदेश लेखन कार्य भइरहेको छ । उनले मकालुखबरसंग भने, ‘थुनछेक आदेश लेखन कार्य भइरहेको छ । अबको आधा घण्टाभित्र आदेश आइसक्छ ।’

अदालतको थुनछेक आदेशसँगै लामिछाने छुट्ने वा थुनामा जाने टुंगो लाग्नेछ ।

जिल्ला न्यायाधिवक्ताहरू रवि न्यौपाने, शम्भुकुमार बस्नेत, दशरथ पंगेनी, भोलानाथ निरौलाका साथै सहायक जिल्ला न्यायाधिवक्ताहरु बुद्धबहादुर थापा र अमृत सुवेदीले बहस गरेका थिए ।

त्यस्तै जाहेरवालाहरूका तर्फबाट वरिष्ठ अधिवक्ताहरू डा।सुरेन्द्र भण्डारी, दिनेश त्रिपाठी र राजकुमार श्रेष्ठ, अधिवक्ताहरू गोपिलाल देवकोटा, रमेश काफ्ले, रामचन्द्र आरसी गौतम र सुनिता अधिकारीले बहस गरे भने रवि लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ताहरू सुशीलकुमार पन्त, जगन्नाथ पौडेल, धर्मराज आचार्य र सुरेन्द्रबहादुर थापा, अधिवक्ताहरू डा। नारायणदत्त कंडेल र रामाचन्द्र देवकोटाले बहस गरेका थिए ।

सरकारी वकिल कार्यालय चितवनले मङ्गलबार रविसहित १५ जनाविरूद्ध मुद्दा दर्ता गराएको थियो । व्यक्तिबाहेक छ वटा संस्थाविरूद्ध अदालतमा मुद्दा दर्ता गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *