बरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण आरोपमा तीन जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौं । काठमाडौं जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सहकारी ठगी मुद्धामा सहकारी पीडितको पक्षबाट बहस गरेका बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमण गर्ने तीन जना विरुद्ध ज्यान मार्ने उद्योग कसुरमा मुद्दा दर्ता भएको छ ।
स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन मुद्दामा अदालतमा बहसपछि बरिष्ठ अधिवक्ता त्रिपाठीमाथि यही माघ २ गते आक्रमण भएको थियो । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो ।
दोलखाको तामाकोशी गाउँपालिका-१ का ४८ वर्षीय ललितकुमार केसी, हुम्लाको अदानचुली गाउँपालिका-४ घर भएका ३२ वर्षीय महानन्द जैसी र झापाको बुद्धशान्ति गाउँपालिका-४ घर भएकी ५५ वर्षीया सितल राई भनिने सीतादेवी राईविरुद्ध मुद्दा दायर भएको हो ।
उनीहरुले भने त्रिपाठीमाथि आफुहरुले आक्रमण नगरेको दावी गर्दै आएका छन् ।








