सामाजिक सञ्जाल विधेयकको विरोधमा बालेन, भने – मलाई बोल्न दे सरकार

काठमाडौं । काठमाडौं महानगर प्रमुख बालेन्द्र (बालेन) शाहले सरकारले हालै मात्र ल्याएको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग र नियमन सम्बन्धी विधेयकको विरोध गरेका छन् ।

उनले गीतमार्फत सरकारले ल्याएको सामाजिक सञ्जाल सम्बन्धी विधेयकको विरोध गरेका हुन् । बुधवार उनले सामाजिक सञ्जाल फेसबुकमा ‘बलिदान’ एल्बमको गीतको एक ‘क्लिप’ सार्वजनिक गरेका हुन् । उक्त क्लिपमा ‘मलाई बोल्न दे सरकार,मन खराब छैन सही बोल्न डराउँदैन’ भनेका छन् ।

विधेयकमा नागरिकको अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गरिएपछि गीतमार्फत विरोध गरिएको महानगर प्रमुख शाहको सचिवालय स्रोतले बताएको छ ।

सरकारले राष्ट्रिय सभामा दर्ता गरेको सामाजिक सञ्जाल सञ्चालन,प्रयोग र नियमन सम्बन्धी विधेयकको चौतर्फी आलोचना भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =