बढ्यो अण्डाको मूल्य, अब कति पर्छ ?

२०८१ माघ २२ गते

काठमाडौं । अण्डाको मूल्य बढेको छ । अण्डाको खपत बढेसँगै मूल्य बढाइएको नेपाल लेयर्स कुखुरापालक संघले जनाएको छ ।
मंगलबारदेखि लागु हुने गरी अण्डाको मूल्य बढाउने निर्णय गरिएको संघका अध्यक्ष विनोद पोखरेलले जानकारी दिए ।
बजारमा मध्यम, ठूलो र एक्स–एल गरी तीन आकारका अण्डा आउने भएकाले न्यूनतम प्रतिक्रेट १५ रूपैयाँदेखि अधिकतम ३० रूपैयाँका दरले अण्डाको मूल्य बढ्ने भएको पोखरेलले जनाएका छन् ।
अहिले ठूलो अण्डाको मूल्य प्रतिक्रेट तीन सय ७०, मध्यम तीन सय ५५ र एक्स–एल अण्डा तीन सय ८५ रूपैयाँ छ।
आजबाट किसानले ठूलो अण्डा चार सय, मध्यम तीन सय ८५ र एक्स–एल अण्डा चार सय १५ रूपैयाँ पाउनेछन् ।

२०८१ माघ २२ गते
प्रतिक्रिया
One thought on “बढ्यो अण्डाको मूल्य, अब कति पर्छ ?”
Leave a Reply Cancel reply
सम्बन्धित
Kina badyo multa.. mag badhera? Kina? Mag badhyo mulya badhyo? Supply balance 6aina? Mag badhda mulya badhaunu bhaneko supply huna nasakda ho.. yadi utpadan paryapta 6 bhane mag badera mulya badaunu duskatya ho… yo ati awasyak bastu haina yadi mulya badaune ho bhane khapat feri kam hune6….upaboktako ghati nimothne kam nagara…