न्याय परिषद् सदस्यमा खड्का नियुक्त

काठमाडौँ । वरिष्ठ अधिवक्ता दामोदर खड्का न्याय परिषद् सदस्यमा नियुक्त भएका छन् ।

सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले खड्कालाई न्याय परिषद् सदस्यमा नियुक्त गरेका हुन् ।

राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा नेपालको संविधानको धारा १५३ को उपधारा (१) को खण्ड (ङ) बमोजिम नेपाल बार एसोसिएशनको सिफारिसमा काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–४ निवासी वरिष्ठ अधिवक्ता खड्कालाई न्याय परिषद् सदस्यमा नियुक्त गरिएको उल्लेख गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + sixteen =