पूर्वराष्ट्रपति भण्डारीद्वारा श्रीपञ्चमीको अवसरमा शुभकामना
२०८१ माघ २१ गते

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बालबालिकालाई राम्रो शिक्षा दिनसके मात्र योग्य नागरिक बनाउन सकिने बताएकी छन् ।
श्रीपञ्चमीअर्थात् वसन्त पञ्चमीको अवसरमा शुभकामना दिँदै पूर्वराष्ट्रपति भण्डारीले देश र समाजका कर्णाधार बालबालिकाको उज्ज्वल भविष्यका लागि आवश्यक वातावरणसहित ज्ञान र सीपले परिपूर्ण बनाउनुपर्ने धारणा व्यक्त गरेकी छन् ।
‘साना बालबालिकाको अक्षर आरम्भ गर्ने दिन पनि भएकाले उनीहरुले प्राप्त गर्ने ज्ञानले परिवार र समाजको चित्रण गर्दछ । बालबालिकालाई सही मार्गदर्शन गर्नु सबै अभिभावकको कर्तव्य हो’, भन्दै सामाजिक सञ्जाल एक्समार्फत उनले विद्याकी देवी सरस्वती माताको पूजा गर्ने दिन र ऋतुहरूमध्ये उत्तम मानिने वसन्त ऋतुको सुरुआत हुने दिनमा सबैलाई शुभकामना दिएकी छन् ।
२०८१ माघ २१ गते
प्रतिक्रिया
सम्बन्धित








