पूर्वमा यातायात बन्द (तस्बिरहरु)

काठमाडौं । ताप्लेजुङको पाथीभरामा केबलकार निर्माण नगर्न माग गर्दै पूर्वमा यातायात बन्द गरिएको छ ।

मुक्कुमलुङ संरक्षण र केबलकार खारेजी सङ्घर्षरत सम्पूर्ण संस्था एवम् राजनीतिक दलहरूले पूर्वमा यातायात बन्द गरेका हुन् । सुनसरीमा यातायात पूर्णरुपमा बन्द गरिएको छ ।

प्रर्दशनकारीहरु सडकमा आन्दोलन गरिरहेका छन् । यातायात बन्दका कारण जनजीवन प्रभावित बनेको छ ।

सुनसरी, मोरङ, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुम र सङ्खुवासभाका केही स्थानमा यातायात बन्द गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =