राजनीतिमा लाग्ने मान्छे समाजकै काम नलाग्ने मान्छे भन्ने भाष्य सिर्जना गरियो : उपप्रधानमन्त्री

काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिमा लाग्ने मान्छे समाजकै काम नलाग्ने मान्छे हो भन्ने किसिमले भाष्य सिर्जना गरिएको बताएका छन् ।

शनिवार विश्व निकेतन माध्यामिक विद्यालयको ७९ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले यस्तो किसिमले भाष्यलाई चिर्न सक्नुपर्ने बताए ।

उनले अरुको लहलहैमा लाग्नु भन्दा सही र गलत छुट्याएर चुन्नुपर्ने समेत बताए । उनले सेवा गर्नको लागि सबैभन्दा राम्रो माध्यम पनि राजनीति भएको बताए । आफू सेवा दिनकै लागि राजनीतिमा आएको उल्लेख गरे ।

उनले विदेशमा ठूला ठूला काण्ड गरेर ठूलो नेता बन्छु भन्दै राजनीतिमा लाग्ने गरेको पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 14 =