एलिनाले दायर गरिन् सम्बन्धविच्छेदको मुद्दा, कस्ता छन् आरोप ? (पत्रसहित)

काठमाडौं । गायिका एलिना चौहानले सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी छन् । काठमाडौँ जिल्ला अदालतमा उनले वारेस विष्णुप्रसाद खरेलमार्फत मुद्दा दायर गरेकी हुन् ।

एलिनाले गत वैशाखमा बागलुङ निवासी विष्णु सापकोटासँग विवाह गरेकी थिइन् । पछिल्लोसमय एलिनाको दाम्पत्य जीवन राम्रो नभएको चर्चा हुँदै आएको थियो ।

उनले आफूहरूबिचको वैवाहिक सम्बन्धबाट कुनै जायजन्म नभएको र आफू गर्भवतीसमेत नरहेको प्रस्ट पारेकी छन् । ‘म फिरादी र विपक्षी प्रतिवादीबिच विवाह भएको एक महिनापछि अस्ट्रेलिया गएको पनि ऐलिनाले सम्बन्धविच्छेदका लागि दायर गरेको निवेदनमा उल्लेख गरेकी छन् ।

‘म कलाकारिता क्षेत्रमा काम गर्ने भएकाले कार्यक्रममा सहभागी हुन जाँदा कहिलेकाहीँ केही अबेरसम्म पनि बस्नुपर्ने हुँदा विपक्षी पतिले अनेक शंका उपशंका गर्ने, कार्यक्रमको बिचमै फोन गरेर तुरुन्त घरमा आइज भनी मलाई मेरो काममा समय दिन पनि बाधा पु¥याउने गर्दा मनमुटाव हुने भइरहन्थ्यो,’ एलिनाले अदालतमा दिएको निवेदनमा भनिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + twenty =