साना दललाई कमजोर बनाउने गरी संविधान संशोधन नगरौँ : सांसद चौधरी
२०८१ माघ १८ गते

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका सांसद गङ्गाराम चौधरी डगौराले आफ्नो दल संविधान संशोधनको पक्षमा भए पनि साना दललाई थप कमजोर बनाउने गरी संविधान संशोधन गर्न नहुने धारणा राखे ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद चौधरीले सबै जातजाति, भाषा, धर्म, संस्कृतिको पहिचान जोगिने गरी संविधानको संशोधन गरिनुपर्ने बताए ।
साना दललाई थप कमजोर बनाउने गरी संविधान संशोधन हुने हो कि भन्ने त्रास रहेको उनले उल्लेख गरे ।
सरकारले अध्यादेशमार्फत केही कानुन संशोधन गरेकामा प्रशंसा गर्दै सांसद चौधरीले अध्यादेशका केही बुँदामा भने असहमति रहेको जानकारी दिए ।
भूमि सम्बन्धी अध्यादेशमार्फत ल्याइएका व्यवस्थाप्रति आफ्नो दलको असहमति रहेको उनको भनाइ छ ।
संसद्को चालु अधिवेशनलाई थप प्रभावकारी बनाउन सबैको सक्रिय भूमिका रहनुपर्नेमा उनले जोड दिए ।
२०८१ माघ १८ गते
प्रतिक्रिया
सम्बन्धित








