माओवादी केन्द्रको संसदीय दलको बैठक सुरु
२०८१ माघ १७ गते

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक सुरु भएको छ ।
बिहीबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक सुरु भएको हो । शुक्रवारबाट हिउँदे अधिवेशन सुरु हुँदैछ । त्यसै सन्दर्भमा प्रमुख प्रतिपक्षबाट आफ्ना आवाजहरू एक भएर उठाउन दबाब दिनेसहितका एजेण्डाहरु र अध्यादेशको बारेमा विरोध गर्ने बारेमा छलफल हुने र सांसदहरूलाई प्रशिक्षित गर्ने लगायतका एजेण्डाहरु रहेका छन् ।
यसअघि नै आज नै विपक्षी दलहरूको बैठक समेत बसेको थियो । जसमा अध्यादेश अस्वीकार गर्ने र आवश्यक परे सडक सङ्घर्ष गर्ने चेतावनी समेत दिएको थियो ।
२०८१ माघ १७ गते
प्रतिक्रिया
सम्बन्धित








