तेह्र वर्षपछि पलायो पानी
२०८१ माघ १७ गते

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–५ सिपा धुसेनीस्थित नयाँ पानीमा पानी पलाएको छ ।
यहाँ प्रत्येक बाह्र वर्षको अन्तरालमा हिउँदमा पानी पलाउने गरेको थियो । त्यही सिलसिलामा यस वर्ष यहाँ पानी पलाएको हो ।
अघिल्लो वर्ष पानी पलाउनु पर्ने भए पनि नपलाएपछि नयाँ पानी संरक्षण समितिले क्षमा पूजा गरेको थियो । क्षमा पूजापछि नयाँ पानी क्षेत्रमा बुधवार पानी पलाएको सो वडाका वडा अध्यक्ष शशिनाथ आचार्यले बताए ।
पानी पलाएपछि स्थानीयवासी हर्षित भएका छन् । यहाँ पानी पलाएपछि गाउँघरमा विभिन्न रोग नष्ट हुने विश्वास गरिन्छ । नयाँ पानीमा प्रत्येक बाह्र वर्षमा मेला लाग्ने गरेको छ ।
२०८१ माघ १७ गते
प्रतिक्रिया
सम्बन्धित








