सोनाम ल्होसार आउँदा प्रधानमन्त्री ओलीलाई आउँछ बाल्यकालको याद

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सोनाम ल्होसार आउँदा आफ्नो बाल्यकाल याद आउने बताएका छन् । बिहीबार सोनाम ल्होसारको शुभकामना दिँदै प्रधानमन्त्री ओलीले सोनाम ल्होसार आउँदा घरका छाना र डाँडामा बनाइएका मानेमाथि राता, सेता, पहेंला, नीला र हरिया ध्वजा फरफराएको सम्झना आउने बताएका छन् । उनले यो धार्मिक तथा सांस्कृतिक पर्वको अवसरमा सबैलाई शुभकामना दिएका छन् ।

ल्होसारमा गाइने सेला नेपाली लोक संगीतको महत्वपूर्ण विधा भएको ओलीले उल्लेख गरेका छन् । त्यसैले यो पर्व धार्मिक साथै सांस्कृतिक पर्व पनि भएको ओलीले बताएका छन् । ‘आज तामाङ समुदायको नयाँ वर्ष, अर्थात् सोनाम ल्होसार, सोनाम ल्होसार आउँदा घरका छाना र डाँडामा बनाइएका मानेमाथि राता, सेता, पहेँला, नीला र हरिया ध्वजा फरफराएको सम्झना आउँछ, यस अवसरमा डम्फु बजाएर गाइने सेलो नेपाली लोक संगीतको एउटा महत्वपूर्ण विधा हो, हाम्रो सुन्दर पर्व सोनाम ल्होसारको अवसरमा झाम्मान् (सबै) नानाआङा (दिदीबहिनी) तथा ज्योज्योआले (दाजुभाइ) हरूमा हार्दिक शुभकामना’, ओलीले शुभकामना सन्देशमा लेखेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 11 =