रास्वपा संसदीय दलको बैठक जारी

काठमाडौं । सङ्घीय संसद्को यही माघ १८ गतेदेखि सुरु हुने हिउँदे अधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तर्फबाट उठान गर्ने विषयमा छलफल गर्न पार्टीको संसदीय दलको बैठक वनस्थलीस्थित केन्द्रीय कार्यालयमा जारी छ ।

दलका सचेतक निशा डाँगीले बैठकमा सङ्घीय संसद्को हिउँदे अधिवेशनमा रास्वपाको भूमिका, कार्य योजना र प्राथमिकताबारे छलफल भइरहेको बताए ।

गत आइतबार बसेको रास्वपा सचिवालय बैठकले सरकारले ल्याएको पाँच अध्यादेशमाथि आफ्ना सांसदले गुण–दोषका आधारमा धारणा राख्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + four =