रास्वपा सांसदले मागिन् होटेलको सिसिटिभी फुटेज र बिल

२०८१ माघ १३ गते

काठमाडौं । रास्वपाकी सांसद विनिता कठायतले कृषि समितिका सदस्यहरू बसेको होटेलको सिसिटिभी फुटेज झिकाउन माग गरेकी छन् ।
२९ पुसमा कृषि समितिका सदस्यहरू बसेको होटेलको सिसिटिभी फुटेज र बिल भरपाई झिकाउन भन्दै सांसद कठायतले उजुरी दिएकी हुन् ।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा उनले पोखरास्थित होटेल ओपन हाउसबाट राति ८ देखि १० बजेसम्मको सिसिटिभी फुटेज झिकाउन माग गरेकी हुन् ।
उनले सो दिन भएको खर्चको विवरणसहितको बिल भरपाई झिकाउन समेत माग गरेकी छन् ।
होटेलमा बसेका बेला कांग्रेस र एमालेका सांसदहरूले रास्वपाका नेताहरूमाथि अनावश्यक कुरा काटेको भन्दै सांसद कठायत समिति बैठकमै आक्रोशित भएकी थिइन् ।

२०८१ माघ १३ गते
प्रतिक्रिया
सम्बन्धित