सत्तामा रहँदा गल्ती गरेका छैनौँ : प्रचण्ड

दाङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी सत्तामा रहँदा गल्ती नगरेको बताएका छन् ।

पार्टीको तुलसीपुर नगर कमिटीको तेस्रो अधिवेशन तथा खबरदारीसभालाई आज सम्बोधन गर्दै उहाँले नबिराउनु, नडराउनु भन्ने उखानजस्तै माओवादी केन्द्रले कुनै गल्ती नगरेको स्पष्ट पारे ।

आफू प्रधानमन्त्री हुँदा नै अनुसन्धान गर्ने सबै संयन्त्रलाई यदि आफूमा पनि केही गल्ती भेटिए अनुसन्धान गर्नुस्, भनेको बताए । “मैले प्रधानमन्त्री हुँदा नै प्रचण्ड दोषी देखिन्छ भने पनि नछाड्नुस्, भनेको थिएँ”, उनले भने,“प्रधानमन्त्रीको कुर्सीमा बसेर आफैँलाई कारबाही गर्नुस्, भनेर प्रहरीलाई निर्देशन गर्ने पहिलो प्रधानमन्त्री हुँ ।”

उनले लोकतन्त्रमा पहिलो र दोस्रो पार्टी मिलेर सरकार बनाएको कुनै पनि देशमा नदेखेको टिप्पणी गरे । अध्यक्ष प्रचण्डले २०६४ मा जस्तै मत आगामी निर्वाचनमा प्राप्त भएमा माओवादी पहिलो पार्टी बन्ने बताए ।

उनले भने,“२०६४ यता हाम्रा पनि केही गल्ती भए, ती गल्ती हामी सच्याउँछौँ, अब हामीले २०६४ सालमा जस्तै मत पाए भ्रष्टाचार र सामाजिक विभेद अन्त्य गरी मुलुकलाई आर्थिक विकासतर्फ लैजाने छौँ, यसमा तपाईँले विचार गरिदिनुपर्छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *