‘लोकतान्त्रिक गणतन्त्र उत्कृष्ट शासन व्यवस्था’

नुवाकोट । नेपालमा संसदीय अभ्याससहितको लोकतान्त्रिक गणतन्त्र नै अहिलेको आवश्यकता रहेको शुक्रवार आयोजित एक कार्यक्रमका वक्ताहरूले बताएका छन् ।

प्रजातान्त्रिक विचार समाजको समन्वयमा सम्पन्न युवाहरूको भेलाका सहभागीहरुले देशको विकास, नागरिकको आर्थिक जीवनस्तर एवं राष्ट्रिय स्वाधिनताका लागि अहिलेको लोकतान्त्रिक गणतन्त्र सबैभन्दा उत्कृष्ट शासन व्यवस्था रहेको उल्लेख गरे ।

समाजका अध्यक्ष एवं वरिष्ठ पत्रकार कुलचन्द्र वाग्लेले कांग्रेसको सिद्धान्त, विचार र नीतिमार्फत मुलुकलाई राष्ट्रियतामा एकताबद्ध गर्न सफल भएको बताए ।

तत्कालीन समयमा राणा शासनविरुद्ध प्रजातन्त्र स्थापनाका लागि कांग्रेसले अपनाएको समाजवादसहितको सिद्धान्त अहिलेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा पनि समयसान्दर्भिक भएकाले यसको चर्चा आवश्यक रहेको उनको भनाइ छ ।

“देशले अपनाउने बाहुआयामिक नीति के–कस्तो हुने भन्ने विषयमा एउटा दृढ सङ्कल्प हुनुपर्छ”, समाजका अध्यक्ष वाग्लेले भने । समाजका पूर्वअध्यक्ष डा. केदारनरसिंह केसीले नेपालको इतिहास लेखाएर अहिलेसम्मको यात्राका दौरानमा सबै वर्ग र समूह अट्ने साझा चौतारीका रूपमा कांग्रेसका नीति सफल रहेको व्याख्या गरे ।

प्रजातान्त्रिक विचार समाजका केन्द्रीय सदस्य सुदर्शन आचार्यले नेपाली कांग्रेसको संस्थापक नेतृत्व र भूमिकाको सन्दर्भमा र एमनेस्टी इन्टरनेशनल नेपालका पूर्वअध्यक्ष राजन कुइँकेलले वर्तमान देशको अवस्था र परिवेशका सन्दर्भमा कार्यपत्र प्रस्तुत गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *