समृद्ध देश बनाउने काममा सरकार लागेको छ : प्रधानमन्त्री

२०८१ माघ ११ गते

काठमाडौं । प्रधानमन्त्रीकेपी शर्मा ओलीले समृद्ध देश बनाउने काममा अहिलेको सरकार लागेको बताएका छन् । शुक्रवार सिद्धबाबा सुरुङमार्ग योजनाको सुरुङ ब्रेक थ्रु समारोहलाई सिंहदरबारबाट भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उनले पछौटेपनहरूलाई चिर्दै जाने र उपलब्धिहरूलाई जोड्दै लगेर समृद्ध देश बनाउने काममा अहिलेको सरकार लागेको बताएका हुन् ।
ओलीले देशको शीघ्र विकासका लागि सरकारले काम गरिरहेको समेत बताए । उनले अहिलेको सरकार विकास, स्थायित्व र स्थिरताका लागि बनेको बताए । अघिल्लो कार्यकालमा सुरु भएका कामहरु अहिले पुनः सुरु गरिएको बताए ।
उनले सबै एकजुट हुनसके देश बन्न समय नलाग्ने बताए । देशको शीघ्र विकास र सुशासनका लागि अहिलेको सरकार अघि बढेको बताए ।

२०८१ माघ ११ गते
प्रतिक्रिया
सम्बन्धित