प्रचण्डद्वारा सहिद परिवारसँग भेटवार्ता

दाङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज दाङमा सहिद तथा बेपत्ता परिवारसँग भेटवार्ता गरेका छन् । तुलसीपुर–८ का बटवलपुरका सहिद परिवासँग भेटघाट गरेका हुन् ।

त्यस अवसरमा दाहालले बेपत्ता र सहिद परिवारको हितका लागि आफू सरकारमा हुँदा पहल गरेको बताए ।

टिआरसी विधेयक पास गर्न सफल भएकोसमेत उनको भनाइ थियो । उनले सहिद परिवारलाई भेट्न पनि गाउँ गाउँमा जाने गरेको बताए ।

जहाँ एकैघरका छ जना सहिद भएका थिए । घरमै बसिरहेका अवस्थामा नेपाली सेनाले बम विस्फोट गर्दा आमा चम्फाकली चौधरी, छोरा सीतकुमार चौधरी, छोरी कमला चौधरी, छोरा चन्द्रबहादुर चौधरी, छोरी रामकुमारी चौधरी, छोरी रिता चौधरीको घरमै बसिरहेको अवस्थामा मृत्यु भएको हो । सोही वडामा १९ जना सहिद परिवार छन् ।

पूर्व प्रधानमन्त्री प्रचण्डद्वारा थारु सङ्ग्रहालयको अवलोकन

पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दाङको दङ्गीशरण–३ चखौरामा रहेको थारु सांस्कृतिक सङ्ग्रहालयको अवलोकन गरेका छन् ।

शुक्रबार उनले सङ्ग्रहालयको अवलोकन गर्दै दक्षिण एसियाकै राम्रो र महत्त्वपूर्ण सङ्ग्रहालय रहेको बताए ।

उनले सङ्ग्रहालयले पर्यटन, प्रवर्धन, थारु संस्कृतिको संरक्षण, इतिहासको संरक्षण र प्रवद्र्धनमा ठूलो योगदान र भूमिका खेल्ने बताए ।

सङ्ग्रहालयको महत्त्व र स्थापनाको विषयमा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले जानकारी गराएका थिए ।

चौधरीले थारुहरूको इतिहास जीवन्त राख्न सङ्ग्रहालयको परिकल्पना गरिएको बताए । सङ्ग्रहालयको अवलोकनपछि पूर्व मन्त्री रेखा शर्माले थारुको इतिहास र संस्कृति, चालचलन, रहनसहन रीतिरिवाज दर्शाएको बताइन् ।

उक्त सङ्ग्रहालयमा देशैभरका थारु समुदायको कला, संस्कार, संस्कृति, परम्परा झल्किने खालका वस्तु राखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *