सरकार भ्रष्टाचारीलाई बचाउने र बिचौलियालाई पोस्ने काममा लिप्त : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले सरकार भ्रष्टाचारीलाई बचाउने र बिचौलियालाई पोस्ने काममा लिप्त रहेको बताएका छन् । बिहीबार सुर्खेत विमानस्थलमा बोल्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।

उनले वर्तमान सरकार अवैध तरिकाले बनेकाले धेरै टाढा नजानेमा भने आफूहरू प्रष्ट रहेको जिकिर गरे । संविधान र जनताको भावना विपरीत सरकार गठन भएकोले धेरै पर नजाने अध्यक्ष प्रचण्डको भनाइ छ ।

यद्यपि आफूहरू सरकार ढाल्ने प्रक्रियामा नरहेको उनले प्रष्ट पारे । देशको राजनीति सहज नदेखिएको भन्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीको क्रियाकलापका कारण एमालेभित्र पनि निकै उकुसमुकुस रहेको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *