विपक्षी दलले सरकारमाथि हिलोछ्याप्ने काम गरिरहेको छ : महेश बर्तौला

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले वर्तमान सरकारले जनताको मन जित्नेगरी काम गरिरहेको बताएका छन् ।
उनले मकालुखबरसंगको संवादमा भने,‘वर्तमान सरकारले जनताको मन जित्नेगरी काम गरिरहेको छ । यो विपक्षी दलहरुलाई मन परिरहेको छैन,त्यसैले उहाँहरुले सरकारमाथि हिलोछ्याप्ने काम गरिरहनुभएको छ ।’
उनले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको पालामा सगरमाथाको उचाईमा निराशा रहेको भएपनि वर्तमान सरकारले त्यसलाई आशामा बदल्ने गरी काम गरिरहेको प्रमुख सचेतक बर्तौलाको भनाई छ ।
संसदीय व्यवस्थामा प्रतिपक्षी दलहरुले जिम्मेवार बोधका साथ विषयवस्तु उठान गर्नुपर्नेमा त्यसो नगरी विपक्षी दलहरुले आफ्नो भूमिका बिर्सिरहेको उनले बताए ।
देश र जनताको पक्षमा काम गर्दै वर्तमान सरकरा अघि बढिरहँदा विपक्षी दलहरुमा छटपटी बढेको समेत उनले बताए । अहिले विपक्षी दलहरु सत्ता बाहिर रहँदा पानी विनाको माछाजस्तै छटपटी भएको उनले बताए ।
उनले विपक्षी दलहरुले राजनीतिका नाममा ड्रामा गरिरहेको भन्दै यथार्थमा आधारित राजनीतिक गर्न आग्रह समेत गरे ।








