‘सबै नागरिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न आवश्यक’

काठमाडौँ । कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले सबै नागरिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न आवश्यक रहेको बताएका छन् ।

बिहीबार प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिमा उनले यस्तो बताएका हुन् । उनले वैदेशिक तथा आन्तरिक श्रमिक र रोजगारदातालाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री सरतसिंह भण्डारीलाई सुझाव दिए ।

उनले सबै नागरिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गर्नेकुरा मन्त्रालय र मन्त्रीको सफलतासँग जोडिएको बताए । उनले वैदेशिक रोजगारमा जाने श्रमिकको हक र हितका लागि कानुन मन्त्रालय सदैव सकारात्मक रहेको समेत बताए ।

उनले भने ‘उहाँ श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री०ले योगदानमा आधारित सामाजिक सुरक्षा कोषको व्यवस्था हामी गर्दैछौं । जसमा ११ प्रतिशत व्यक्ति रोजगारदाता र २० प्रतिशत व्यक्ति सरकारले राख्ने र नेपालमा समेत श्रम गर्ने सबैलाई कोषमा आबद्ध गर्ने कुरा जुन राख्नुभयो । यो मन्त्रालयको सफलता र मन्त्रीको सफलतासँग जोडिन जान्छ भन्ने मलाई लागेको छ ।’

उनले सरकारले प्रत्येक नागरिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्नसके ठूलो र ऐतिहासिक उपलब्धि हुने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 13 =