आजदेखि मेक इन नेपाल र नेपाल पस्मिना अन्तर्राष्ट्रिय एक्स्पो सुरु (तस्बिरहरू)

काठमाडौं । मेक इन नेपाल एक्सपो २०२५ र नेपाल पस्मिना अन्तर्राष्ट्रिय एक्स्पो सुरु भएको छ ।

भृकुटीमण्डपमा बिहीबारदेखि नेपाल उद्योग परिसङ्घसँगको सहकार्यमा मेक इन नेपाल एक्सपो २०२५ र नेपाल पस्मिना अन्तर्राष्ट्रिय एक्स्पो सुरु भएको हो ।

नेपाल पस्मिना उद्योग सङ्घको आयोजना र राइजिङ नेपाल प्रालिको व्यवस्थापनमा एक साथ दुई एक्स्पो सुरु भएको हो ।

एक्स्पोमा नेपाली पस्मिना हस्तकला, कृषि र घरेलु उत्पादनको विशेष स्टलहरू राखिएको छ । यस एक्स्पो मार्फत अनलाइन र डिजिटल मार्केटिङ प्लेटफर्महरूको प्रवर्द्धन, नेटवर्किङ कार्यक्रमहरू, स्थानीय र अन्तर्राष्ट्रिय उद्योगहरूसँग सहकार्य, ब्रान्डिङ क्याम्पेन जस्ता कुराले नेपाली उत्पादनको प्रवर्द्धनका लागि विशेष टेवा पुऱ्याउनुका साथै नेपाली उत्पादनमा प्रोत्साहन पुग्ने बताइएको छ।

एक्स्पोमा १५० भन्दा बढी स्वदेशी वस्तु तथा सेवाको स्टल रहेका छन् । जसमध्ये ४० भन्दा बढी नेपालमा उत्पादित उत्कृष्ट पस्मिनाका स्टल छन् । उक्त एक्स्पो माघ १० गतेदेखि १२ गतेसम्म सञ्चालन हुनेछ ।

हेर्नुहोस् तस्बिरहरू :

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *