नेपालको साझा वैदेशिक सहायता नीति आवश्यक : विश्वप्रकाश शर्मा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालको साझा वैदेशिक सहायता नीति आवश्यक रहेको बताएका छन् ।

बुधवार नेपाली काँग्रेसको आर्थिक नीति तथा योजना विभागले आयोजना गरेको नेपालमा वैदेशिक सहयोगको अर्थ राजनीति विषयक संवाद गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले वैदेशिक सहायता नीतिको साझा श्वेतपत्र बनाउन सरकारले पहल गर्न जरुरी रहेको बताए ।

हालसम्म नेपालले पाएका वैदेशिक सहायताको तथ्यांक श्वेतपत्रमा राख्नुपर्ने पनि बताए । उनले बाह्य सहयोगको सन्दर्भमा नेपाल शतर्क, उदार, जिम्मेवार र गम्भीर बन्नुपर्ने बताए ।

महामन्त्री शर्माले भने ‘यो बेलामा हामीले एउटा नयाँ होप क्रिएट गर्ने सन्दर्भमा हाम्रो समग्र अहिलेसम्मको वैदेशिक सहायताको सन्दर्भको विषय वा नेपालको समुन्नतिको सन्दर्भमा अहिलेसम्म गरिएका कामहरूको सन्दर्भलाई गहन ढंगले समीक्षा गरेरै हामीले आगामी दिनको यात्रा तय गर्नु छ । हामी सम्भवतः एउटा चित्रको अपेक्षामा छौँ । स्वयं सिंगो सरकारले नै त्यो विषयमा प्रवेश गर्नुपर्ने हो की जस्तो लाग्छ । हाम्रो विभागले नै नेतृत्व गरिराखेर एउटा श्वेतपत्र मुलुकको सामुन्ने पस्किनुपर्छ । हालसम्म हामीले जे जति पनि वैदेशिक सहायता प्राप्त गरेका छौँ, त्यसको तथ्यांकदेखि लिएर पछिल्लो समयको चित्रसम्म यो बेलामा जरुरी छ ।’

महामन्त्री शर्माले निश्चित दल विशेषको आकंक्षा र चाहना भन्दा राष्ट्रिय रुपमा साझा दृष्टिबाट वैदेशिक सहयोग लिने व्यवस्था गर्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 17 =