वामदेवलाई पार्टीमा भित्र्याउन थप गृहकार्य आवश्यक : एमाले

काठमाडौं । नेकपा एमालेले नेता वामदेव गौतमसँग सहकार्यका लागि सम्भावना खुला राख्ने निर्णय गरेको छ । मंगलबार बालुवाटारमा बसेको पार्टी सचिवालय बैठकले वामदेव गौतम नेतृत्वको पार्टी एकता अभियानसँग संवाद र सहकार्यलाई निरन्तरता दिने निष्कर्षमा पुगेको हो ।

बैठकमा गौतमको अभियानलाई उपयुक्त समयमा एमालेमा समाहित गर्ने विषयमा पनि गहन छलफल भएको पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए । ‘वामदेव गौतमसँग सहकार्यका लागि ढोका खुलेको छ,’ उनले भने, ‘आवश्यक गृहकार्यपछि सहकार्यलाई थप संस्थागत गर्ने योजना अघि बढाइएको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 3 =