रवि लामिछाने भैरहवामा, भोली अदालतमा हाजिर हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भोली बुधवार रुपन्देही जिल्ला अदालतमा हाजिर हुने भएका छन् । जसका लागि सभापति लामिछाने भैरहवा पुगिसकेका छन् ।

बुटवलको सुप्रिम सहकारी अपचलनको मुद्दा दायर भएपछि लामिछाने आज मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भैरहवा पुगेका हुन् ।

लामिछानेविरुद्ध बुटवलको सुप्रीम सहकारीको बचत ठगी आरोपमा आइतबार रुपन्देही अदालतमा पूरक दर्ता भएको थियो ।

लामिछाने, छविलाल जोशी, जीवी राईसहित पूरक अभियोगका १४ र सुरु मुद्दाका २८ गरी ४२ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =