सत्ता प्राप्ति वा सत्तामा रहनकै लागि एमालेले जेसुकै निर्णय गर्दैन : प्रधानमन्त्री

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले आफ्नो भूअवस्थालाई नबिर्सिएको र भूराजनीतिका नाममा सत्ता स्वार्थमा जाने, सत्ता प्राप्ति वा सत्तामा रहनका लागि जेसुकै पनि निर्णय गर्ने काम एमालेले नगर्ने बताएका छन् ।

उनले राष्ट्रिय हितलाई तिलाञ्जली दिन तयार हुने जस्ता स्तरहिन, अनैतिक कामहरु एमालेले नगर्ने बताए ।

सोमवार काठमाडौंमा नेकपा (एमाले( परराष्ट्र मामिला विभागद्वारा आयोजित ‘नेपालमा परराष्ट्र नीतिबारे संवाद’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।ओलीले राष्ट्रिय हितलाई तिलाञ्जली दिएर सत्तामा जाने काममा एमाले नलाग्ने समेत बताए ।

उनले भूराजनीतिलाई अपजस लगाउनु भनेको आफ्नो कायरतालाई लुकाउने काम मात्रै भएको बताए । उनले राष्ट्रिय हितमा अडान लिन सक्नुपर्ने बताए ।
भूराजनीति भनेको सावधानी, सन्तुलित र दृढताका साथ राष्ट्रिय हितको रक्षा गर्न चनाखो हुनु रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 3 =