मेयर साम्पाङ खानेपानी माग्दै रित्तो गाग्री बोकेर काठमाडौं पुगेपछि…
२०८१ माघ ७ गते

काठमाडौं । खानेपानी माग्दै धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङ रित्तो गाग्री बोकेर काठमाडौं आइपुगेका छन् ।
उनी संघीय सरकारले धरानको खानेपानी समस्या समाधान नगरेकाले दबाब दिन भन्दै रित्तो गाग्री बोकेर सोमबार काठमाडौं आइपुगेका हुन् ।
मेयर साम्पाङले रित्तो गाग्री बोकेर भोलि (मंगलबार) प्रधानमन्त्री केपी शर्मा ओली र खानेपानीमन्त्री प्रदीप यादवलाई भेट्ने बताएका छन् ।
सरकारले धरानको खानेपानी समस्यालाई बेवास्ता गरेको भन्दै उनले गुनासो गरेका छन् ।
२०८१ माघ ७ गते
प्रतिक्रिया
सम्बन्धित








