फर्निचर तथा होम टेक्सटायल प्रदर्शनीमा ३० हजारले गरे अवलोकन (तस्बिरहरु)

काठमाडौं । नेपाल वुड फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनी सोचे भन्दा राम्रो भएको आयोजकले बताएको छ ।

शुक्रवारबाट काठमाडौंको भृकुटीमण्डमा शुरु भएको मेलामा उत्साहजक सहभागिता भएको आयोजकले बताएको हो ।

मिडिया स्पेस सोलुसन्स प्रा.लि. फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्ट्स प्रा.लि. र इटीएसआइपीएलको संयुक्त आयोजनामा भएको प्रदर्शनी सफल भएको छ ।

मिडिया स्पेस सोलुसन्स प्रा.लि.का प्रवन्ध निर्देशक र्सिजल भट्टराईले १० औँ संस्करणको नेपाल वुड, फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनी सोचे भन्दा राम्रो भएको बताए ।

उनले अन्तर्राष्ट्रिय कम्पनीहरुले पनि आगामी दिनमा पनि नेपालमा हुने प्रदर्शनीहरुमा सहभागिता जनाउन उत्साहित भएको बताए ।

मेलामा ७० प्रतिशत अवलोकनकर्ताहरु काम र आवश्यकता भएकाले अवलोकन गरेको बताए ।

उनले प्रदर्शनीमा लक्ष्य अनुसार ३० हजार अवलोकर्ताले प्रदशर्नी अवलोकन गरेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *