यो गठबन्धन ८४ सम्मै जान्छ, देउवाले चुनावी सरकारको नेतृत्व गर्नुहुन्छ : कांग्रेस प्रवक्ता महत

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले माओवादी केन्द्रको अस्थिर चरित्रका कारण कांग्रेस-एमालेबीच सहकार्य भएको दाबी गरेका छन् । उनले वर्तमान सरकार संसदको पूर्ण कार्यकालभरि नै रहने भन्दै अबको चुनावी सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने दाबी गरे ।

आइतबार भारतको दिल्लीमा नेपाली जनसम्पर्क समितिले गरेको कार्यक्रममा बोल्दै प्रवक्ता महतले ७ बुँदे सहमति बमोजिम यो सरकारले काम गरिरहेको भन्दै दुई दलको समझदारीमै सरकारले काम गरिरहेको बताएका छन् ।
उनले भारतमा रहेका नेपालीहरूले नेपालको राजनीतिमा अर्थपूर्ण भूमिका खेल्ने बताए ।

‘भारतमा रहेका प्रवासी नेपालीहरुले कांग्रेसलाई बलियो बनाउन भूमिका खेल्नु भएको छ । रोजगारी र अन्य कामले यहाँ बसे पनि नेपालको राजनीतिमा तपाईंहरूको भूमिका महत्वपूर्ण हुन्छ,’ निर्वाचनमा देश फर्किएर मतदानमा सहभागी हुन आग्रह गर्दै प्रवक्ता महतले भने । उनले पार्टीमा व्यक्तिवादी सोच र आफूकेन्द्रित प्रवृत्ति हाबी हुँदा अनेक किसिमका समस्या देखा पर्न थालेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + seventeen =