बुटवलमा रवि लामिछानेसहित ४२ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । बुटवलको सुप्रिम सहकारीको रकम ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेसहित ४२ जनाविरुद्ध मुद्दा दायर भएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले जिल्ला अदालत रुपन्देहीमा आइतबार मुद्दा दायर गरेको हो ।

लामिछानेसहितलाई मुलुकी फौजदारी अपराध संहिताको ठगी कसुर र संगठित अपराधको कसुरमा मुद्दा दायर गरिएको हो ।

सहकारीको बचत रकम अपचलन गरेको आरोपमा गत कात्तिक २ गते पक्राउ परेका लामिछाने धरौटीमा रिहा भइसकेका छन् ।

उनलाई कास्की जिल्ला अदालत र काठमाडौं जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएको थियो ।

कास्की अदालतले ६५ लाख र काठमाडौं जिल्ला अदालतले ६० लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।

लामिछानेविरुद्ध रुपन्देहीमा पनि मुद्दा दायर भएपछि अब जिल्ला अदालत रुपन्देहीमा पनि सुनुवाइ हुनेछ । रुपन्देही अदालतले पनि धरौटी, थुना र साधारण तारेख मध्ये एक आदेश दिने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =