स्याङ्जामा टिपर खस्यो : १ जनाको मृत्यु, ४ गम्भीर

स्याङ्जा । स्याङ्जा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गए राति भएको दुर्घटनामा चार जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । टिपर सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटनामा परेको हो ।

दुर्घटनामा पर्वतको कुश्मा नगरपालिका-१४ का ३७ वर्षीय चन्द्रबहादुर नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ । गए राति करिब ११ बजे ग १ क ५१३९ नम्बरको आरम्भ निर्माण सेवाको टिपर दुर्घटनामा परेको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको गयराति नै पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । दुर्घटनामा शारदा नगरपालिका-७ सल्यानका १५ वर्षीय हरि परियार, आँधीखोला गाउँपालिका-२ ओहियाका ३३ वर्षीय कमल नेपाली, राप्ती नगरपालिका-६ चितवनका ४१ वर्षीय प्रकाश विक र सुमित्रा विक गम्भीर घाइते भएका स्याङ्जाका प्रहरी निरीक्षक उमेशलाल श्रेष्ठले जानकारी दिए ।

घाइते सबैको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *