रास्वपा कोशी सभापति राजेश तिम्सीना निलम्बित
२०८१ माघ ४ गते

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य एवं कोशी प्रदेश सभापति राजेश तिम्सीना निलम्बनमा परेका छन् । पार्टी केन्द्रीय अनुशासन आयोगका प्रमुख भरतमणी देवकोटाले तिम्सिनालाई निलम्बन गरिएको जानकारी गराएका हुन् ।
साधारण सदस्यबाटै निकालिएका तत्कालिन महामन्त्री मुकुल ढकाललाई पूर्ववत जिम्मेवारीमा फर्काउन माग गर्दै कार्यवाहक सभापति डिपी अर्याललाई पत्र लेखेपछि उनलाई पार्टीले निलम्बन गरेको हो ।

२०८१ माघ ४ गते
प्रतिक्रिया
सम्बन्धित








