विपक्षी दलहरुले मागे प्रधानमन्त्रीको राजीनामा

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र सहित विपक्षी दलहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् ।

नेकपा माओवादी केन्द्र सहित नेकपा एकीकृत समाजवादी,राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा),राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायत विपक्षी दलहरुले शुक्रवार पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेको हो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नैतिकताको आधारमा प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने बताए । आफुहरुको सरकारमा जाने योजना नरहेको समेत उनले प्रष्ट पारे ।

सरकारको गतल कदमको निरन्तर विरोध गर्ने बताउँदै उनले भने,‘प्रतिपक्षले आफ्नो जिम्मेवारी,राष्ट्र,जनता,संविधान र लोकतन्त्रप्रति पूरा गर्नुपर्ने बोधका साथ हामी एकठाउँमा केन्द्रित भएका छौँ ।’

सरकारले प्रतिपक्षका कुरालाई नजरअन्दाज गरेमा विशेष अधिवेशन मात्रै नभई जरुरी पर्दा सडक संघर्षमा जाने समेत अध्यक्ष प्रचण्डले बताए । वर्तमान सरकार गठन भएको ६ महिना वितिसक्दा पनि जनअपेक्षा अनुरुप अघि बढ्न नसेकको उनको भनाई छ ।

ओलीले संसद छलेर अध्यादेश मार्फत साशन गर्न खोजेको उल्लेख गर्दै ओली नेतृत्वको सरकारले गरिरहेको निरंकुश गतिविधिका कारण जनताको भरोसा गुम्दै गएको अध्यक्ष प्रचण्डले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =