महाभियोगपछि निलम्बित राष्ट्रपति युनद्वारा सोधपुछका क्रममा बोल्न अस्वीकार

सियोल । सैनिक शासनको असफल प्रयासबारे अनुसन्धानकर्ताको सोधपुछलाई महाभियोगपछि निलम्बित दक्षिण कोरियाली राष्ट्रपति युन सुक योलले शुक्रबार फेरि अस्वीकार गरेका छन् ।
दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलविरुद्ध महाभियोग लगाउने समयसीमा नजिकिँदै गर्दा उहाँले अनुसन्धान प्रक्रियामा सोधपुछका क्रममा बोल्न अस्वीकार गरेका हुन् ।
युनले डिसेम्बर ३ मा ‘राज्य विरोधी तत्वहरू’ को धम्कीको सामना गर्न आवश्यक रहेको भन्दै ‘मार्शल ल’ घोषणा गर्नुभएको थियो । विपक्षी सांसद र जनप्रदर्शनपछि उक्त घोषणा केही घण्टामा नै फिर्ता भएको थियो ।
राष्ट्रपतिको उक्त कदमले देशलाई अराजकतातर्फ धकेलेको छ । उनले संसद्मा हस्तक्षेप गरी मार्शल ल अस्वीकार गर्न संसद्मा मतदान हुनबाट रोक्न असफल भएपछि उहाँको घोषणा केवल छ घण्टामा नै विफल भएको थियो ।
त्यसपछिका हप्ताहरूमा युनलाई संसद्ले महाभियोग लगाएको थियो र हिरासतमा लिने दक्षिण कोरियाको पहिलो बहालवाला राष्ट्रपति हुनुअघि उनको संरक्षित निवासमा लुकेर गिरफ्तारीको विरोध गरिएको थियो।
उनको निवासमा छापा मार्दा बुधबार बिहान पक्राउ पुर्जी जारी गरिएको थियो । पक्राउ पूर्जीमा युनलाई केवल ४८ घण्टाको लागि हिरासतमा राख्न अनुमति दिइएको थियो ।
अनसन्धानकर्ताहरूले शुक्रबार उनको हिराशतको बसाईलाई लम्बाउन नयाँ पक्राउ पूर्जी माग्ने अपेक्षा गरिएको छ जसले सम्भवतः उनलाई २० दिनको लागि हिरासतमा राख्न आदेश दिनसक्ने अनुमान गरिएको छ । यसले अभियोजनकर्ताहरूलाई उनीविरुद्ध अभियोगलाई औपचारिक रूप दिन समय दिनेछ।
भ्रष्टाचार अनुसन्धान कार्यालयले उनीमाथि विद्रोहको सम्भावित अभियोगमा अनुसन्धान गरिरहेको छ र अभियोग प्रमाणित भएमा उनलाई आजीवन कारावास वा मृत्युदण्डको सजाय हुनसक्छ ।
यदि शुक्रबार नयाँ वारेन्ट दायर गरियो भने युनलाई कम्तीमा पनि अदालतमा सुनुवाइ नहुञ्जेल र सप्ताहन्तमा यसको अनुमोदनका लागि फैसला नभएसम्म हिरासतमा राखिनेछ। यदि सुनुवाइपछि अदालतले यसलाई अस्वीकार गर्यो भने उनी रिहा हुनेछन् ।
सीआईओले स्थानीय समयअनुसार शुक्रबार बिहान १० बजे युनलाई सोधपुछका लागि बोलाएको थियो तर उहाँका वकिल युन कब क्युनले एएफपीलाई बताए अनुसार उहाँले लगातार दोस्रो दिन पनि उपस्थित हुन अस्वीकार गरेका थिए ।
सीआईओका अधिकारीहरूले एएफपीको अनुरोधको तत्काल जवाफ दिएनन्।
अर्का वकिल सिओक डोङ–ह्योनले शुक्रबार पत्रकारहरूलाई भने, “युनले अनुसन्धानकर्ताहरूलाई आफ्नो स्थितिबारे बताइसकेका छन् । उनीहरूका प्रश्नहरूको जवाफ दिनुपर्ने कुनै कारण छैन।”
डोङ–ह्योनले भने,“राष्ट्रपति आज सीआईओमा उपस्थित हुनुहुने छैन । उहाँले पहिलो दिन नै अनुसन्धानकर्तासमक्ष आफ्नो आधारभूत धारणा पर्याप्त रूपमा व्यक्त गर्नुभएको छ ।”
युनलाई बुधबार घन्टौं सम्म सोधपुछ गरिएको थियो तर अर्को दिन सोधपुछका लागि उपस्थित हुन इन्कार गर्नुअघि उनले आफ्नो ‘मौन बस्न पाउने अधिकार’ को प्रयोग गरेका थिए ।








