डा.शेखर कोइराला र बेलायतका स्वास्थ्य उपमन्त्रीबीच भेटवार्ता

नेपालको स्वास्थ्य क्षेत्र सुधारका लागि सहयोगको माग

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला र बेलायतका स्वास्थ्य उपमन्त्री एन्ड्रु गिन्नेबीच भेटवार्ता भएको छ । बेलायत भ्रमणमा रहेका कोइरालाले बिहीबार बेलायतका स्वास्थ्य उपमन्त्री एन्ड्रु गिन्नेसंग भेटवार्ता गरेका हुन् ।

संसद भवन (हाउस अफ कमन्स) मा कोइराला र गिन्नेबीच भेटवार्ता भएको हो । भेटमा नेपालको स्वास्थ्य क्षेत्रको अवस्था र स्वास्थ्य बिमाका बारेमा कुराकानी भएको थियो । भेटका क्रममा कोइरालाले नेपालको स्वास्थ्य क्षेत्र सुधारका लागि गिन्नेसँग सहयोगको माग समेत गरे ।

यसअघि डा.कोइरालाले बेलायती संसद्को नेपाल हेर्ने सर्वदलीय संसदीय समितिको अध्यक्ष अलेक्स बेकरका साथै बेलायती संसद् भवन (हाउस अफ कमन्स)मा कन्जरभेटिभ पार्टीका नेता तथा पूर्व विदेशमन्त्री जेम्स क्लेभर्लीसंग समेत भेटवार्ता गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =