शेखरसँगको भेटबारे बेकरले बेलायती संसद्मा गरिन ब्रिफिङ (भिडिओ)

काठमाडौं । बेलायती संसद्को नेपाल हेर्ने सर्वदलीय संसदीय समितिकी अध्यक्ष अलेक्स बेकरले कांग्रेस नेता डा.शेखर कोइरालासँग भएको भेटबारे बेलायती संसदमा ब्रिफिङ गरेकी छन् ।

उनले संसदमा बोल्दै कांग्रेस नेता कोइरालासँग भएको छलफलका विषय संसदमा उठाएकी थिइन् ।

उनले जलवायु परिवर्तनका कारण नेपालले भोग्नु परेको सङ्कटका विषयमा आफ्नो धारणा राखेकी थिइन् ।

उनले नेपालसँग बेलायतको लामो समयदेखि सम्बन्ध रहेको बताउँदै जलवायु परिवर्तनका असरलाई न्यूनीकरण गर्न सहयोग गर्नुपर्ने बताइन् ।

जलवायु परिवर्तनका कारण नेपालले जुन क्षेत्री व्यहोरिरहेको छ त्यसका लागि नेपालले क्षेतिपुर्ती पाउनुपर्ने र त्यसका लागि बेलायतले सहयोग गरिदिनुपर्ने बताएकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + two =