वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दिए जाहेरी

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आफूलाई दुव्र्यवहार गरिएको भन्दै जाहेरी दिएका छन् ।

अधिवक्ता त्रिपाठीले जिल्ला प्रहरी परिसर, काठमाडौँमा जाहेरी दिएका हुन् । उनले ज्यान मार्ने उद्योग र आपराधिक उपद्रव सम्बन्धी कसुरको जाहेरी दर्ता गराएका हुन् ।

बुधवार सहकारी पीडितको पक्षबाट बहस गरेका वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण भएको थियो ।

स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन मुद्दामा त्रिपाठीले रास्वपाका सभापति लामिछानेलाई थुनामा राख्न माग गरेका थिए ।

रवि लामिछानेलाई थुनाउने यही हो भन्दै केही युवाहरूले उनलाई आक्रमण गर्न खोजेका थिए ।

त्रिपाठीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − fifteen =