समाजवादी मोर्चा बैठक : काठमाडौंमा बृहत् कार्यक्रम गर्ने निर्णय

काठमाडौं । समाजवादी मोर्चाले यही माघ १६ गते काठमाडौंमा बृहत् कार्यक्रम गर्ने भएको छ । बुधबार बसेको समाजवादी मोर्चाको बैठकले काठमाडौंमा बृहत् कार्यक्रम गर्ने निर्णय गरेको हो ।

माघ १६ गते काठमाडौंमा समाजवादी मोर्चाको तर्फबाट कार्यक्रम गर्ने निर्णय गरिउको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले बताए । विश्वकर्माले उक्त कार्यक्रमले बाहिर सकारात्मक सन्देश दिने बताए ।

बैठकमा सरकारको गतिविधिबारे गम्भीर छलफल समेत भएको उनले जानकारी दिए । उनले छिट्टै नै समाजवादी मोर्चाका गतिविधिको प्रतिवेदन शीर्ष नेताहरूलाई बुझाइने समेत बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =