सरकार ढल्दै छ भनेर हल्ला चलाइयो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार नढल्ने बताएका छन् ।

आज बालुवाटारमा निजी क्षेत्रसँगको छलफलमा प्रधानमन्त्री ओलीले सरकार ढल्दै छ भनेर बजार हल्ला चलाइएको बताए ।

उनले सत्ता गठबन्धनमा रहेका दलहरू आपसमा बसेर देश बनाउने नीति निर्माणमा प्रभावकारी ढङ्गले कदम चालिरहेको स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले देश बनाऔँ भन्ने भावना सबैमा रहेको हुँदा आफ्ना स्वार्थका लागि जति बेला पनि विरोध गर्नेहरूबाहेक आम मान्छेले विकास र सुशासन चाहेको बताए ।

सुशासन र विकाससँग सम्बन्धित व्यवहारिक र अनुकूल नीति ल्याइएमा समृद्धि असम्भव नहुने प्रधानमन्त्रीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =