सिंहदरबारमा विपक्षी दलहरूको बैठक जारी
२०८१ माघ २ गते

काठमाडौं । विपक्षी दलहरूको बैठक सिंहदरबारमा जारी छ ।
माओवादी केन्द्र संसदीय दलको कार्यालयमा राष्ट्रिय स्वतन्त्र पार्टी, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी लगायतका दलहरूबीचको बैठक चलिरहेको हो ।
बैठकमा हालै सरकारले जारी गरेको अध्यादेश, संसद अधिवेशनको आह्वानको माग र अन्य समसामयिक राजनीतिक विषयमा गहिरो छलफल भइरहेको छ ।
२०८१ माघ २ गते
प्रतिक्रिया
सम्बन्धित








